Latest

6/recent/ticker-posts

माइक्रोसफ्टले बनायो मानिसले जत्तिकै बोली पहिचान गर्न सक्ने पहिलो सिस्टम

माइक्रोसफ्टले मानिसले जत्तिकै बोलि बुझ्न र ठम्याउन सक्ने स्पिच रिकग्नाइजेशन सिस्टमको विकास गरको छ । मानिसले वार्तालापको क्रममा एक आपसकाबीचमा भएका बोलीलाई जसरी ठम्याउन तथा बुझ्न सक्दछन्, त्यही रुपमा यो सिस्टमले पनि ठम्याउन सक्दछ ।
माइक्रोसफ्टको यो सफलतालाई स्पिच रिकग्नाइजेशनको क्षेत्रमा अहिलेसम्मकै ठूलो उपलब्धिको रुपमा लिइएको छ । उसको आर्टिफिसल इन्टेलिजेन्स एन्ड रिसर्च टिमका अनुसार यो सिस्टमले मानिसबीच हुने फ्रोफेसनल कुराकानीमा हुने वर्ड एररहरुजस्तै वा सोभन्दा पनि कम हुन्छ ।
tablet-userयसरी, यो सिस्टमको वर्ड एरर रेट ५.९ प्रतिशत रहेको माइक्रोसफ्टको दाबी छ । वार्तालापको क्रममा मानिसमा पनि यही बराबरको वर्ड एरर दर पाइएको छ ।
माइक्रोसफ्टका प्रमुख स्पिच वैज्ञानिक छुएडोङ हुआङका अनुसार यो एतिहासिक उपलब्धी हो जसले गर्दा शब्द पहिचानमा मानिसको क्षमता बराबरको सिस्टमको विकास भएको छ ।
आर्टिफिसल इन्टेलिजेन्सको क्षेत्रमा कोसेढुङ्गाको संज्ञा दिइएको यस सिस्टमबाट अब माइक्रोसफ्टको पर्सनल भाइस असिस्टेन्टलाई अझ सशक्त बनाउने कुरा माइक्रोसफ्टले जनाएको छ ।

Post a Comment

0 Comments