Latest

6/recent/ticker-posts

मेमोरी कार्ड र कम्प्युटरको हार्डडिस्कबाट delete भएका फाइलहरु Recover वा फिर्ता कसरी ल्याउने ?

आज हामी तपाइलाई कसरी मेमोरी कार्ड र कम्प्युटर को हार्डडिस्क बाट "delete" भएका फाइलहरु फेरी फिर्ता ल्याउने वा Recover गर्ने भनेर सिकाउन गैरहेका छौँ। जसका लागि तपाइले एउटा "7Data recovery"  सफ्टवेयर डाउनलोड गर्नुपर्नेहुन्छ ।  सफ्टवएर डाउनलोड गर्न यो वेबसाइटमा(http://7datarecovery.com/) जानुहोस र "Free Download" भन्ने बटन मा क्लिक गरेर सफ्टवएर डाउनलोड गर्नुहोस र त्यसलाई आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोस। याे एउटा फ्री  "Data Recovery" सफ्टवएर हो तर यदि तपाइलाई राम्रो भर्जन किन्न मन लाग्यो भने तपाइले पैसा तिरेर यसको paid भर्जन पनि किन्न सक्नुहुन्छ। यो सफ्टवएरले तपाइकाे मोबाइल ,मेमोरी कार्ड र कम्प्युटरको हार्डडिस्क बाट delete भएका image,video,audio ,document फाइल जस्तै PDF, .doc, .txt  अनि अन्य थुप्रै फाइल recover गर्न सक्छ। यो सफ्टवएले लगभग सबैजसो Storage Devices हरुबाट तपाइको delete  वा format भएका फाइलहरु recover गर्न सक्छ। हाम्रो लागि यति जानकारी पर्याप्त छ तर तपाइलाई यसको बारेमा अझै जान्न मन छ भने तलकाे भिडियाे हेर्नुहाेला ।



 अन्तमा, यदि तपाइलाई आफ्नो delete भएको फाइल Recover गर्न केहि गाह्रो र समस्या पर्यो भने कमेन्ट गरेर भनिदिनुहोला।
हामी तपाइलाई सक्दो सहयोग गर्नेछौं। हाम्रो ब्लग र च्यानल हेर्दै गर्नुहोस धन्यवाद। 

Post a Comment

2 Comments