के तपाइको gmail एकाउन्टमा धेरै स्पाम आइरहेको छ,के तपाइलाई कसैले जे पायो त्यहि इमेल पठाएर हैरान परिरहेको छ र तपाई आफ्नो इमेल एकाउन्ट delete गर्न चाहनुहुन्छ अथवा तपाई अन्य कारणले गर्दा Gmail एकाउन्ट बन्द गर्न चाहनुहुन्छ तर तपाइलाई यो कार्य कसरी गर्ने आउँदैन भने तपाइलाई हामी आज Gmail एकाउन्ट delete गर्ने उपाय सिकाउँछौं।Gmail एकाउन्ट बन्द गर्न धेरै सजिलो छ र तपाइले यो कार्य १ मिनेटमै गर्न सक्नुहुन्छ। अब समय खेर नफाली हाम्रो काम तर्फ लागौं। कृपया हाम्रो प्रक्रियाहरु अनुसरण गर्नुहोस।
१.पहिला gmail मा लगिन गर्नुहोस अनि त्यहाँ सबैभन्दा माथि दायाँ पट्टि मान्छेको icon हुन्छ त्यसमा क्लिक गर्नुहोस् र त्यहाँ नया मेनु खोलेपछि "account" लिंक मा क्लिक गर्नुहोस।
२. अब account लिंक मा क्लिक गरिसकेपछि यस्तो पेज आउछ र pictureम भनिएको ठाउँ मा क्लिक गर्नुहोस।
३. अब फेरी नयाँ पेज खोल्छ जुन तल दिइएको इमेज जस्तो देखिन्छ र तपाइले सबै बक्समा tick लगाउन पर्नेहुन्छ र आफ्नो पासवर्ड टाइप गरेर "DELETE GOOGLE ACCOUNT" भन्ने ORANGE रंगको बटनमा क्लिक गर्नुहोस।
४. अब तपाइको Account delete भयो भनेर एउटा पेज खोलिनुपर्छ।
अन्तत तपाइले Gmail account Delete गर्न जान्नुभयो नि? कि जान्नुभएन ? हामीलाई कमेन्ट गरेर भन्नुहोला।अनि आफ्नो नजानेका साथीभाईहरुलाई पनि यो तरिका सिकाउनुहोला।
अन्तमा,
कृपया तपाई यस्ता कार्य गर्न माहिर हुनुहुन्छ भने यो लेख तपाइको लगि हैना भनेर बुझिदिनुहोला। हाम्रो यो लेखप्रति केहि सल्लाह सुझाब छ भने कृपया कमेन्ट गरिदिनुहोला र हाम्रो ब्लग हेर्दै गर्नुहोस धन्यवाद।
0 Comments