एप्पल एप स्टोरमा रकम खर्च गर्ने कुरामा चीनले अमेरीकालाई पछि पारेको छ । सन् २०१० देखि एप्पल एप स्टोरमा खबैभन्दा धेरै खर्च गर्ने देशको सूचिमा रहेको अमेरिकालाई यसपटक चीनले पछारेको हो ।
मोबाइल एनालिटिक्स तथा रसर्च फर्म एप एनाइले जारी गरेको रिपोर्टका अनुसार यो हप्ता मात्र चिनियाँ कन्जुमरले एप स्टोरमा १ अर्व ७० करोड अमेरिकी डलर खर्च गरेका छन् भने अमेरिकी कन्जुमरले १ अर्व ४५ करोड डलर खर्च गरेका छन् ।
रिपोर्टका अनुसार चिनियाँ कन्जुमरहरुले एप स्टोरबाट अहिलेसम्मकै सबैभन्दा बढी भिडियो गेमहरु खरिद गरेका छन् । त्यसमा पनि मल्टि प्लेयर फिचर भएका गेमहरु बढी रहेको कुरा रिपोर्टमा उल्लेख । यसैपछि मनोरञ्जतात्मक तथा भिडियो स्ट्रिमिङ एपहरुमा उनीहरुले बढी खर्च गरेका छन् ।
0 Comments